Sunday, July 29, 2012

Karishma "Dhanda" ma



 जेठ महिनामा फ्लोरमा जाने नेपाली चलचित्र ‘धन्दा’मा नायिका करिश्मा मानन्धर खलपात्रको रुपमा आउने भएकी छन् । २५ बर्षे अभिनय यात्रामा आफूलाई विभिन्न भूमिकामा प्रस्तुत गरिसकेकी मानन्धर यसपाली भने पृथक भूमिकामा आउन लागेकी हुन् । ‘धन्दा’लाई सुदर्शन थापाले निर्देशन गर्दैछन् ।

यसअघि पर्खि बसे बनाएका गीतकार तथा निर्माता बाबुराम दाहाल र निर्देशक थापाको संयुक्त लगानीमा ‘धन्दा’ बन्नेछ । धन्दामा ब्याचनम्बर १६ बाट डेब्यू गरेका अभिनेता अर्पण थापाको मूख्य भूमिका रहने छ । अन्य कलाकारमा पुष्कर गुरुङ्, सन्दिप क्षेत्री,  सामुना केसी र ओम प्रतिक रहेका छन् । फ्राईडे फिल्मसको ब्यानरमा निर्माण हुने ‘धन्दा’को क्यामेरामा पुरुषोत्तम प्रधान र द्वन्द्वमा हिमाल केसी रहने छन् ।

No comments:

Post a Comment