Sunday, July 29, 2012

 

 माया त माया होको च्यारिटी हुँदै


सम्पुर्ण दृश्य हेटौडामा छायांकन गरीएको नेपाली चलचित्र माया त माया हो को जेष्ठ १७ गते बुधबार च्यारेटी हुने भएको छ । चलचित्र पत्रकार सघ मकवानपुर शाखा र क्योकुशिन बुदोकाई कराते संघको संयुक्त आयोजनामा गत ४ गते गर्ने भनिएको च्यारेटी सो बन्द हडतालका कारण हुन सकेको थिएन ।

बुधबार बिहान ७ बजे हेटौडाको ओम चलचित्र मन्दिरमा च्यारिटी हुन लागेको हो । तुलसी घिमिरेले निर्देशन गर्नु भएको सो चलचित्रलाई हेटौडाका निर्माता बिनोद अर्यालले निर्माण गरेका हुन् । चेपांग बस्तीको शिक्षा क्षेत्रमा पर्न गएको समस्यालाई कथाको मुल भाब बनाईएको यो चलचित्रमा निखिल उप्रेती,संचिता लुईटेल,तुलसी घिमिरेको साथामा हेटौडाका अधिकांस कलाकारहरुको अभिनय हेर्न सकिनेछ ।

No comments:

Post a Comment